विराटनगर : गैर कानुनी रुपमा ढुंगा संकलन गर्ने चार वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मोरङको केराबारीस्थित खोलाबाट अवैधरुपमा ढुंगा लोड गर्दै गरेको बेला प्रहरीले को २ त ६००६, को २ त ८३१९, ना ३ त ३४४६, र को १ त ३७७५ नम्बरका ट्याक्टर केराबारीको हुरहुरे खोलाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएका सबै ट्याक्टरलाई कारबाहीकालागि गाउँपालिकाको कार्यालय केराबारीको जिम्मा लगाइएको छ। यसैबीच आइतबार बिहान अवैधरुपमा उत्पादन गरेको घरेलु मदिरा बिक्री वितरणकालागि लैजादै गरेको अवस्थामा प्रहरीले १४४ लिटर मदिरा नियन्त्रणमा लिएको छ।
लक्ष्मीमार्गस्थित भित्री सडक खण्डमा चार थान साइकलमा ढुवानी गरिरहेको बेला इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएर आन्तरिक राजश्व कार्यालयमा बुझाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।