समाज

रहेनन् वरिष्ठ साहित्यकार दीक्षित
SHARES

साउन ३०, २०७६

    काठमाडौं : वरिष्ठ साहित्यकार तथा पुराना पत्रकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा आज निधन भएको छ। 

    निमोनियाका कारण गत साता ललितपुरको सुमेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई बुधबार निवास कालिकास्थान ल्याइएको थियो। निवासमा शौचालय जाँदा आज बेहोस भएका उनलाई कमलपोखरीस्थित हिमाल अस्पताल लगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए। उनलाई मुटु, मिर्गौला र श्वासप्रश्वाससम्बन्धी समस्या थियो।

    दीक्षितका ‘माधवी’, ‘ऋग्वेद स् केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’लगायत ४६ कृति छन् । उनले मदन पुरस्कार, साझा पुरस्कार, पद्मश्री पुरस्कारलगायत विभिन्न पुरस्कार र सम्मान पाएका थिए। नेपाली पत्रकारिता क्षेत्रमा पनि उनको विशिष्ट योगदान छ। उनले चालिस बर्ष भन्दा लामो समय पत्रकारितामा बिताए । समिक्षा साप्ताहिकको सम्पादक रहेका उनी माड्साव उपनाम जोडेर चिनिन्थे । व्याबशायिक जीवनको शुरुवातमा शिक्षण पेशा अँगालेकाले उनलाई माड्साव भन्ने गरिएको हो । दीक्षित तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको उपकुलपति समेत भएका थिए ।   उनको जन्म १९७९ फागुन ६ गते काठमाडौँको गैरीधारामा भएको थियो।

    उनका श्रीमती, तीन छोरा र एक छोरी छन्।  उनका नाति अवनी दीक्षितका अनुसार दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]