|
फोटो : reuters.com

ब्राजिलको अमाजोनास राज्यमा रहेको एक जेलमा हिंसात्मक झडप हुँदा ५६ जनाको मृत्यु भएको छ। एनिसिओ जोबिम हिरासत केन्द्रमा स्थानीय समय अनुसार आइतबार राती दुई विरोधी समूहबीच १७ घण्टा सम्म हिंसात्मक झडप भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन्।

आपराधिक समूह फेमिली अफ द नर्थ र फस्र्ट क्यापिटल कमान्डका सदस्यबीच जेल र लागुऔषध तस्करीको रुटमाथि नियन्त्रण राख्ने विषयलाई लिएर झडप शुरु भएको हो। १७ घण्टापछि कैदीले हतियार सहित आत्मसमर्पण गर्नुका साथै नियन्त्रणमा लिएका १२ जना सुरक्षा गार्डलाई मुक्त गरेका बिबिसीले जनाएको छ।

झडपका क्रममा टाउको काटिएका ६ वटा शव जेलको पर्खाल बाहिर फालिएको समाचारमा उल्लेख छ। केही शव जलाइएका छन्। भागेका ८७ मध्ये ४० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भागेका कैदीको खोजीका लागि अमाजोनासको राजधानी मनाउसलाई प्रहरीले घेराबन्दीमा राखेकाले अरु क्षेत्रसंग सम्पर्क विच्छेद भएको छ। ब्राजिलका जेलमा क्षमता भन्दा बढी कैदीबन्दी राखिने हुँदा बेला बेलामा झडप हुँदै आएको छ। पछिल्लो घटनालाई दुई दशक यताकै हिंसात्मक भनिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.