|
फाइल फोटो: दीपक केसी

काठमाडौं : सडक विस्तारको विरोधमा काठमाडौं उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले आह्वान गरेको उपत्यका बन्दको प्रभाव आंशिक परेको छ।

निजी गाडी तथा मोटरसाइकल चले पनि सडकमा सार्वजनिक सवारीका साधन निकै कम चलेको ट्राफिक प्रहरीले जनाएको छ।

बन्द गराउन खोज्ने ३८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौंबाट ३२ र ललितपुरबाट ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

संघर्ष समितिले सडक विस्तारका क्रममा मुआब्जा नदिई स्थानीय बासिन्दालाई उठिबास लगाउन खोजेको भन्दै १० बुँदे माग राखेर उपत्यका बन्द आह्वान गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.