|

चितवन : भरतपुर महानगरपालिकाले सार्वजनिक स्थानमा राखिएको बोर्ड हटाउन एक हप्ते अल्टिमेटम दिएको छ।

महानगरलाई स्मार्टसिटी बनाउने अवधारणा अन्तर्गत सार्वजनिक स्थलमा रहेका विभिन्न संघ संस्थाका फ्लेक्स तथा होडिङ बोर्ड हटाउन सम्बन्धित पक्षलाई अल्टिमेटम दिएको महानगरका प्रवक्ता अरुणपीडित भण्डारीले बताए। 

विद्युतका पोल, टेलिकमको पोल, सरकारी कार्यालयको भित्ता, सडकका छेउ,रुख तथा सार्वजनिक स्थानका वालमा विभिन्न स्वार्थका विज्ञापन वोर्डहरू रहेका छन्। विषेश गरी विभिन्न मेडिकल कलेज तथा अस्पताल, मेडिकल, कन्सलटेन्सी, मेनपावर, विभिन्न विद्यालय, कलेज तथा सामाजिक संघ संस्थाले सार्वजनिक स्थानमा आफूखुसी ठूला, साना विज्ञापनका वोर्डहरू जथाभावी राखेका छन्। 

महानगरको बोर्डबैठकको निर्णय अनुसार साउनबाट यो अभियान सञ्चालन भए पनि अब भने कडाईका साथ कार्यान्वयनमा लागीएको भण्डारीले बताए। अहिले नगर प्रहरीलाई खटाउने, दैनिक विभिन्न समयमा माइकिङ गर्ने, सम्बन्धीत पक्षलाई जानकारी गराउने, हटाउन लगाउने लगायतका विभिन्न कार्यहरू भइरहेको महानगरले जनाएको छ। 

आफूखुसी जथाभावी विभिन्न साइजका विज्ञापनका वोर्डहरू राखेर महानगरलाई कुरुप पारिएकाले स्वरुप दिनलाई यो कदम चालिएको महानगरको भनाई छ। विज्ञापन गर्न चाहने व्यक्ति तथा संघसंस्थाले अब महानगरसँग अनुमति लिएर मात्रै सार्वजनिक स्थानमा राख्नपाउने भएका छन्।

प्रक्रिया पुरा गरेर निस्चित साइज, स्थान र समयका लागी महानगरको अनुमति लिएर मात्रै विज्ञापनका बोर्डहरू राख्न आग्रह पनि गरेको छ। पछिल्लो सूचनालाई बेवास्ता गरी बोर्ड नहटाइ अटेर गर्नेलाई कारवाही गरिने चेतावनी पनि दिएको छ।

बोर्ड नहटाउने तथा महानगरलाई विभिन्न वाहानामा फोहोर गर्नेलाई न्यूनतम ५ हजार रुपैयाँ र कसुर हेरी त्यो भन्दा बढी जरिमानासहितको कारवाही हुने महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले बताए। 

चौविसकोठी, लायन्सचोक, पुलचोक लगायत महानगरका बढी चहलपहल हुने व्यस्त क्षेत्रमा विज्ञापनका वोर्डले भरिदा बजारको सौन्दर्य कुरुप बनेको छ। साथै सार्वजनिक स्थानहरू विज्ञापन गर्ने स्थानका रुपमा परिणत हुँदा कसले ठूलो, आकर्षक राख्ने भन्ने प्रतिस्पर्धा नै चल्ने गरेको छ। यसअघि महानगरले कुनै पनि बहानामा फोहोर गर्नेलाई कडा कारवाही गर्ने निर्णय नै गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.