|

काठमाडौं : प्रधानमन्त्री निवासको नयाँ भवन शिलान्यास हुने भएको छ। आज  बिहान साढे ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

अहिलेको प्रधानमन्त्री निवास पुरानो र साँघुरो भएकाले नयाँ भवन बनाउन लागिएको हो। नयाँ बन्ने भवन प्रधानमन्त्रीको नितान्त निजी निवास र अर्को खण्ड सार्वजनिक जस्तै हुने छ।   

नयाँ भवन दुई खण्डमा निर्माण गरिने शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिए। गेलालका अनुसार निजी खण्ड (व्लक) प्रधानमन्त्रीको पारिवारीका प्रायोजका लागि मात्र हुनेछ। अर्को खण्ड निजी नै भएपनि मन्त्रिपरिषद् बैठक बस्न कक्ष, प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने स्टुडीयो, भेटघाटका लागि हल भएको हुनेछ।

पहिलो चरणमा निजी आवासको काम थालिने महानिर्देशक गेलालले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार ९ महिनामा सक्ने लक्ष्य रहेको र त्यसपछि अर्को भवन बनाइन सुरु गरिने छ। अर्को भवन १५ महिनामा सक्ने लक्ष्य रहेको छ। दुई भवन निर्माणका लागि करिब ४८ करोड खर्च लाग्ने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.