|

दाङ : हतियारसहित छिरेको भारतीयको एउटा समूहले दाङमा कार चालकमाथि गोली हानेका छन्। जिल्लाको अमिलिया-तुलसीपुर सडकखण्डस्थित भन्जयाङमा गोली हानिएको हो। 

चारजनाको समहूमा रहेका भारतीय नागरिकले गाडी रुपैडिया निबासी कार चालक ३० वर्षका मेरजअलि साहमाथि दुई राउन्ड गोली प्रहार गरेको पीडितले जानकारी दिएका छन्। 

त्यस समहुले युपी ४०एडी०९११ नम्बरको कार चालक साहमाथि गोली हानेको  इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक खिम बहादुर घर्तीले बताए । 

'हामी अहिले पनि घटनास्थलमा छौँ,’ प्रहरी निरीक्षक घर्तीले भने, 'एउटा खोका र अर्को नपड्केको गोली भेटाएका छौँ ।’ त्यस समूहले तुलसीपुर र घोराहीमा पैसा उठाउने काम छ भन्दै ७ हजार ४ सय रुपैयाँमा गाडी भाडामा लिएका चालकमाथि नै गोली हानेको खुलेको छ।

भन्ज्याङमा आइपुगेपछि पिशाव गर्ने भन्दै रोकेर चालकलाई कुटपिट गरी खौलामा लगेर गोली हानेका थिए। तर उनी भागेर ज्यान बचाउन सफल भएको प्रहरीले जनाएको छ । 

घटनामा संलग्न रहेको आरोमा प्रहरीले भारतको नाकपुर निबासी महमद जावेदलाई प्रहरीले नियन्त्रणम लिएको छ । पक्राउ परेकाले भारतकै टाइगर भन्‍नेले गोली हानेको बताएका छन् ।

त्यस समूहले चालकसँग भएको १५ हजार, एक थान मोबाइल सेट र औंठी लुटेर लगेको प्रहरीले जनाएको छ । पैसाका कारण वा रिसीइबीका कारण मार्ने उद्देश्यले गोली हानेको हुन सक्ने प्रहरीले जानकारी दिएको छ । यो घटनामा संलग्न अन्य तीनजना फरार छन्। त्यसमध्ये एकजना नेपाली रहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.