|

काठमाडौं :केही हप्तादेखि काठमाडौंमा फैलिएको डेंगु संक्रमण कम हुँदै गएको छ। टेकुस्थित एक मात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्लो दुई दिनदेखि डेंगुका बिरामी घट्दै गएका छन्।

 दुई हप्तासम्म दैनिक हजार जनासम्म डेंगु परीक्षण गर्न पुग्ने टेकु अस्पतालमा  बुधबारदेखि दैनिक तीनदेखि चार सयजना मात्र डेंगु परीक्षण गर्न पुग्ने गरेको अस्पतालका प्रशासकीय अधिकृत रुपनाराण खतिवडाले बताए। उनले भने, ‘पछिल्लो दुई दिनदेखि डेंगु परीक्षण गराउन आउने बिरामी घट्दै जानुभएको छ, हिजो अस्ति पानी परेको भएर पनि होला।'

यस्तैऽ  डेंगुका बिरामी घट्दै गएपछि  यस अगाडि दुई हप्तादेखि बिदाको दिन पनि खुल्ला गरिएको अस्पतालको ओपिडी सेवा भने बन्द गरिएको खतिवडाले बताए। उनले भने ‘ यस अघि दुइ दिनसम्म हामीले बिदाको दिन पनि ओपिडी सञ्चालन गरेका थियौँ तर बिरामी घट्दै गएपछि आज हामीले ओपिडी सञ्चालन गरेका छौनौँ तर इमर्जेन्सीमा स्पेशल्ली डेंगुका बिरामीलाई प्रथामिका दिएका छौँ।‘

सरकारी तथ्यांकअनुसार हालसम्म देशभर ७ हजार ३ सय ७० जना डेंगुबाट प्रभावित छन् भने छ जनाले ज्यान गुमाइसकेका छन्। प्रदेश ३ मा ३ हजार ९ सय २९ जना, प्रदेश १ मा ९ सय ५६ जना, गण्डकी प्रदेशमा १ हजुर ९ सय ६४ जना डेंगु प्रभावित भएका छन्।

यस्तै, सबैभन्दा धेरै डेंगु देखिने जिल्ला काठमाडौंमा १ हजार ३ सय ३१, मकवानपुर ७ सय ८३, चितवन १ हजार २ सय ३७, झापा ३ सय ९० र सुनसरी तीन सय ८२ जनामा डेंगु देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.