|

काठमाडौं : राष्ट्रपति विद्या भण्डारीले मुलुकको आर्थिक समृद्धि हासिल गर्ने र साझा संकल्प पूरा गर्न सबै राजनीतिक दललाई एकजुट भएर अग्रसर हुन आह्वान गरेकी छन्।

राष्ट्रपति भण्डारीले संविधान सफलताका साथ कार्यान्वयन हुँदै गइरहेको उल्लेख गर्दै संविधान निर्माणमा एकताबद्ध भएका राजनीतिक दलले मुलुकको आर्थिक समृद्धि हासिल गर्न पनि एकजुट भएर अग्रसर हुने विश्वास पनि व्यक्त गरिन्।

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सबै राजनीतिक दलसँग सहकार्य गरेर संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पनि प्रशंशा गरिन्।

राष्ट्रपति भण्डारीले तत्कालीन नेपाली कांग्रेसका सभापतिसमेत रहेका स्वर्गीय कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान पनि चर्चा गरिन्।

कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवाष नेम्वाङले संविधान निर्माणमा सबै राजनीतिक दलहरुको योगदान रहेको चर्चा गरे।

संविधान सभाका अध्यक्षसमेत रहेका उनले संविधान निर्माणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको पनि प्रशंशा गरे। उपनेता नेम्वाङले संविधानमा असन्तुष्टि भए जनतालाई विश्वासमा लिएर संशोधन गर्दै अघि बढन सकिने पनि स्पष्ट पारे।

कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्वप्रधानमन्त्री कोइरालालाई ‘मरणोपरान्त जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरेकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.