|

हेटौंडा : जिल्ला समन्वय समिति मकवानपुर कर्मचारी तथा निर्वाचित जनप्रतिनिधले कार्यालय समयमा सामाजिक सञ्जालको चलाउन नपाउने निर्णय गरेको छ। आइतबार जिसस मकवानपुरको ५०औँ बोर्ड बैठकले यस्तो निर्णय गरेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताए।

आइतबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा जिससको ५०औँ बोर्ड बैठक बसेको हो।  बैठकले दुईवटा निर्णय गरेको छ। बैठकले कार्यालय समयमा सामाजिक संजाल चलाउन नपाउने तथा आउँदै गरेको चाडपर्वका अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने निर्णय गरेको हो।

कार्यालय समयमा मोबाइल चलाउँदा कार्यालयको कामकारबाहीमा समस्या आउने देखेर यस्तो निर्णग गरिएको प्रमुख खुलालले बताएका छन्। 'कार्यालय समयमा सामाजिक सञ्जाल नचलाउन तथा अन्य कार्यालयको व्यवस्थापनमा सबै मिलेर काम गर्न समेत  सबैलाई  निर्देशन दिइएको छ' उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.