काठमाडौं : सुर्खेतको वीरेन्द्रनगरमा दशैंभोजका लागि बनाइएको अचार खाँदा ३१ जना बिरामी परेका छन् । वीरेन्द्रनगर ११, पिपिराका स्थानीयवासी हिमप्रसाद पौडेलका अनुसार उनीहरु हिजो बिहान आलु र काँक्राको अचार खाए लगत्तै बिरामी भएका हुन् ।
उनीहरुको मायानर्सिङ होम, बोहरा फार्मेसी र राना मेडिकलमा उपचार भइरहेको छ । बिरामीमध्ये केही उपचारपछि डिस्चार्ज भइसकेका छन्। उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका अनुसार बिरामीहरुमा झाडाबान्ता हुने, रिङ्गटा लाग्ने, ज्वरो आउने, रक्तचाप कम हुने लक्षण देखिएको छ।
तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । माया नर्सिङ होमका चिकित्सक कृष्णदेव गिरीले उनीहरुमा ‘फुड प्वाइजन’ को समस्या हुनसक्ने भन्दै अचारको नमूना परीक्षण गरेपछि मात्र समस्या पहिचान हुने बताए।
फुड प्वाइजनको अवधि ७२ घण्टासम्म हुने भएकाले चिन्ता गर्नुपर्ने अवस्था नरहेको उनको भनाई छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।