|

काठमाडौं : नेपालको दुई दिने राजकीय भ्रमणमा सकेर चीनका राष्ट्रपति सी चिनफिङ काठमाडौंबाट बेइजिङ प्रस्थान गरेका छन्। राष्ट्रपति सीलाई बिदाइका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तित्वहरू त्रिभूवन विमानस्थलमा पुगेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी शनिबार अपराह्‍न नेपालको दुई दिवसीय राजकीय भ्रमणमा थिए।  तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो।

चिनियाँ राष्ट्रपतिको बिदाइका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, प्रदेश नं ३ का मुख्यमन्त्री, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्चअधिकारी उपस्थिति थियो। उनलाई नेपाली सेनाको एक टुकडीले राष्ट्रपतीय सम्मानगारत प्रदान गरेको थियो।

चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा नेपाल-चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा हस्तक्षर हुनुअघि नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता भएको थियो।  चीनका राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको वार्तामा नेपाल–चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचार–विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

 प्रधानमन्त्री ओली नेतृत्वको वार्तामा अर्थ, परराष्ट्र, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी छन् भने राष्ट्रपति सी नेतृत्वको प्रतिनिधिमण्डलमा विदेशमन्त्री वाङ् यी, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायत छन्।   वार्तापछि राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा एक दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षर भएको हो। राष्ट्रपति सी को नेपाल भ्रमणलाई निकै उपलब्धिपूर्ण भएको विश्लेषण गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.