|

काठमाडौं : नेपाल पत्रकार महासंघले हुम्ला शाखाका अध्यक्ष एवं थाहाकर्मी अर्जुन बोहराको उपचारमा सहयोग गर्न अपिल गरेको छ।

महासंघका महासचिव रमेश विष्टले मंगलबार विज्ञप्ति निकालेर दुर्गम जिल्लाबाट पत्रकारिता गरिरहेका बोहराको पारिवारिक आर्थिक अवस्था कमजोर भएको हुँदा उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेका हुन्।

पत्रकार बोहोरा मस्तिष्क घातका कारण गम्भीर बिरामी भई काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालको आइसिसियू कक्षमा उपचाररत छन्।

बोहराको उपचारमा आर्थिक सहयोग गर्न इच्छुक व्यक्तिले उनका दाजु विष्णु बोहराको नाममा राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखामा रहेको बचत खाता ४१-९० ०० ४९-२७ १० मा सहयोग रकम जम्मा गर्न सकिने महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.