जुम्ला : हुम्लाका पत्रकार अर्जुन बोहराको उपचारको लागि नेपाल पत्रकार महासंघ जुम्लाले अर्थिक सहयोग गरेको छ। हुम्लाका पत्रकार बोहराको उपचारमा आर्थिक अभाव भएकाले सहयोगस्वरूप २० हजार प्रदान गरेको हो।
नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराको उपचारमा सहयोग गर्न सबैलाई आग्रह पनि गरिएको छ। जुम्ला महासंघका अध्यक्ष बरम बहादुर महतले बिहीबार विज्ञप्ति निकालेर बोहराको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि आर्थिक सहयोग उल्लेख गरेका छन्।
पत्रकार बोहरा मस्तिष्का घातका कारण गम्भीर बिरामी भई काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत छन्। राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखामा रहेको अर्जुनका दाजु विष्णु बोहराको नामको बचत खाता ४ १९०००४९२७१० मा सहयोग रकम जम्मा गरिएको नेपालपत्रकार महासंघ जुम्लाले जनाएको छ। साथै जुम्ला महासंघ शाखाले आमपत्रकार तथा सहयोगी मनभएका महानुभावलाई सहयोगका लागि अपिल गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।