अपराधलाई राजनीतिक रंग दिएको आरोप

|

काठमाडौं : आख्यानकार नयनराज पाण्डेले नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई नभेट्ने घोषणा गरेका छन्।

सामाजिक संजाल ट्विटरमार्फत आख्यानकार पाण्डेले उक्त घोषणा गरेका हुन्। शनिबार उनले देउवासँग कतै जम्काभेट भइहाले 'नमस्कार'सम्म पनि नगर्ने घोषणा गरेका हुन्।

'देउवा उपस्थित हुने कुनै कार्यक्रममा कहिल्यै नजाने एकल निर्णय गरेको छु।अपराधलाई राजनीतिक आवरण दिने जोसुकै हुन्, तीप्रति घृणा छ', उनले लेखेका छन्,' भावुकता नै सही, यति रिस पाल्न म स्वतन्त्र छु। मेरो चेतनामा मेरै हक लाग्छ, मेरै शासन चल्छ।'

देउवाले सांसद मोहम्मद अफताव आलमलाई पक्राउ गरेर सरकारले प्रतिपक्षमाथि प्रहार गरेको बताएको भोलिपल्ट पाण्डेको यस्तो अभिव्यक्ती आएको हो।   कांग्रेस सांसद मोहम्मद अफताव आलमलाई प्रहरी लगाएर पक्राउ गरी कांग्रेसविरुद्ध षड्यन्त्र शुरु गरेको आरोप लगाउँदै सभापति देउवाले १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको बताएका थिए। सभापति देउवाको यो अभिव्यक्ती चौतर्फि विरोध भइरहेको छ।

कांग्रेस सांसद आलम १२ वर्ष पहिले बम विस्फोटमा घाइते भएका केही व्यक्तिलाई जिउँदै इटा भट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.