|
फोटो : कार्यालय समयमै तास खेल्न व्यस्त कर्मचारी

दमक : कार्यालय समयमा कार्यालयभित्रै तास खेल्ने कर्मचारीलाई नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दमकले कारबाही गरेको छ। कर्मचारीहरु कार्यालय हाता भित्रै तास खेल्ने समाचार थाहा खबरमा सोमबार प्रकाशित भएपछि प्राधिकरणले ती कर्मचारीमाथि कारबाही गरेको हो।

कार्यालयमै तास खेल्ने होम बहादुर अधिकारी, हरिचन्द्र तिम्सिना, सन्तोष दहाल, राधाकृष्ण चौधरी र नवराज न्यौपानेलाई कारवाही गरिएको वितरण केन्द्र दमकका प्रमुख सुरेन्द्र कुमार शाहले बताए। शाहका अनुसार उनीहरु सबै वितरण केन्द्र दमकमा कार्यरत प्रविधिक हुन्।

ज्यालामा काम गर्ने होम बहादुर अधिकारी र हरिचन्द्र तिम्सिनालाई कामबाटै निकालिएको तथा अन्य तीन जनालाई स्पष्टिकरण सोधिएको शाहले बताए। ‘कार्यालयमै तास खेलेर उनीहरुले अपराध गरेकै हुन्।  त्यसैले कारवाही गरियो, तीन जलाई स्पष्टिकरण सोधिएको छ, उनीहरुमाथि अब विभागिय कारबाही हुन्छ,’ शाहले भने। यसअघि सोमबार दिउँसो १२ः४५ बजे कार्यालय समयमै कर्मचारीहरु तास खेल्दै गरेको अवस्थामा भेटिएका थिए।

हेर्नुस् भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.