|
अनुगमनका क्रममा औषधी पसल अगाडि जम्मा भएको भीड

जनकपुर : अधिकांश निजी अस्पताल र लामो समयदेखि अवैध रुपमा सञ्चालनमा रहेको २० भन्दा बढी औषधी पसलमा तालाबन्दी गरिएको छ। धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीको नेतृत्वमा गएको  अनुगमन टोलीले जनकपुर अञ्चल अस्पताल रोड तथा आसपासका क्षेत्रमा अवैध ढंगबाट सञ्चालनमा आएका निजी अस्पताल तथा औषधी पसलमा तालाबन्दी गरेको हो।  

अनुमति बिना नै सञ्चालनमा आएको ४० शैयाको आर्या केयर अस्पताल, प्रसुति बिशेषज्ञ डा. रामनरेश पण्डितको क्लिनिक, डा. सोनिय सिंहको काव्य मेडिकल, जलान मेडिकल लगायतका निजी अस्पताल, पोलीक्लिनिक, प्याथोलोजि ल्याब र औषधी पसलहरुमा अनुगमन समितिले ताला लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख सचिदानन्द देवले जानकारी दिए। 

राजश्व छलेको आंशकामा निजी अस्पताल र पोलीक्लिनिकका आवश्यक कागजातहरु समेत आन्तरिक राजश्व कार्यालय जनकपुरका कर्मचारीले नियन्त्रणमा लिएका छन्। अनुगमन सुरु भएपछि जनकपुर अञ्चल अस्पताल क्षेत्रमा रहेका निजी अस्पताल, पोलीक्लिनिक, प्याथोलोजीक ल्याव र औषधी पसल सञ्चालकहरुले ताल्चा लगाएर भागेका थिए। लामो समयदेखि जनकपुरमा अनुगमन नहुँदा यस क्षेत्रका क्लिनिक सञ्चालहरुले मनपरी ढंगले क्लिनिक सञ्चालन गर्दै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.