|

सप्तरी : पुरानो जिल्ला सदरमुकाम समेत रहेको सप्तरीको पूर्वी क्षेत्रको हनुमाननगर कंकालिनी नगरपालिका ९ हनुमाननगर बजारस्थित मावलीमा आएकी आठ वर्षीया बालिकालाई अपहरण गरेर लगिरहेको अवस्थामा दुई भारतीय नागरिक पक्राउ परेका छन्। 

हनुमाननगर बजारस्थित मावलीमा आएकी मोरङको दादर बैरियाका सञ्जय शर्माकी आठ वर्षीया छोरी आँचल शर्मालाई अपहरण गरेर भारत लगिरहेको अवस्थामा दुई भारतीय पक्राउ परेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ।

हनुमाननगर प्रहरीका इञ्चार्ज समेत रहेका प्रहरी निरीक्षक कमलकुमार लुंगेलीका अनुसार पक्राउ पर्नेहरूमा भारत बिहार सुपौल ग्राम  बथनाहा १८ का २० वर्षीय आनन्द गोस्वामी र सुपौल भिडियाघाटका १८ वर्षीय अमिर झा छन्।

मावली घर छेउमा खेल्दै गरेकी बालिकालाई बिस्कुट दिएर फकाउँदै अपहरण गरी पाँचसय मिटर पुर्‍याइसकेको अवस्थामा बालिकाकी मावली हजूरआमा सावित्रीदेवी शर्माले देखेपछि होहल्ला हुँदा तत्काल नियन्त्रणमा लिएर बिहीबार साँझ प्रहरीलाई बुझाएको जनाइएको छ।

गाउँलेले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएका दुई भारतीयको शरीर खानतलासी गर्दा एउटा साइकल, तीन वटा प्लाष्टिकको बोरा भेटिएपछि थप अनुसन्धानका लागि राजविराजस्थित जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरी निरीक्षक लुंगेलीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.