|

कञ्चनपुर  ः नेपाल– भारतको समन्वयात्म बैठकका सहभागीहरुले सीमा क्षेत्रमाहुने अपराध नियन्त्रण गर्न सहमत भएका छन्। 

भारतको उत्तर प्रदेशको नौजलिया बोदिपुरमा रहेको भारतीय सीमा शुरक्षा बलको क्याम्पमा बिहीवार स्थानिय स्तरको सीमा क्षेत्रका जनप्रतिनिधि र शुरक्षा निकायको बैठकले सिमा सुरक्षा, चोरी तस्करी, मानव बेचबिखन, सीमापारबाट हुने लागु पदार्थको ओसारको कार्य नियन्त्रण गर्न सहमत भएका हुन्। 

एक देशमा अपराध गरी अर्को देशमा गएर लुक्ने अपराधी बारे सुचना आदान प्रदान गर्ने बारे समेत बैठकमा सहमती भएको महाकाली नगरपालिकाका कार्यक्रम अधिकृत भानदेव भट्टले बताए।

 बैठकमा नेपाल तर्फ बाट महाकाली नगरपालिकाका नगर प्रमुख विरबहादुर सुनार, उप प्रमुख चिनी गिरी, शुरक्षा निकायका प्रतिनिधि र भारतका तर्फबाट भारतीय सीमा सुरक्षाबलका सहायक डिपुटी कमाण्डर सुनिल सिंह रावत, नौजलिया एसएवि क्याम्पका इन्सपेक्टर सयन्त सरकार लगायतको सहभागीता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.