|
Photo : hariomcare.com

हुम्ला : अत्यन्तै हेलाका रुपमा हेरिने कर्णालीमा उत्पादित जौं बालीको माग पछिल्लो समयमा बढ्न थालेपछि यसको निर्यातमा वृद्धि हुन थालेको छ।

यातायातले कर्णाली क्षेत्र नजोडिउन्जेल धान पछि बढी उत्पादन गरिने जौ बाली उपभोग पनि बढी नै गरिन्थ्यो। तर सडक खुलेसंगै यसको उत्पादनमा कमी आएको छ। यसलाई हेलाका रुपमा हेरिने गरिएको छ। 

बालीको महत्व र यसको गुण अवगुणका विषयमा सूक्ष्म जानकारी नभएकाले यसलाई हेला गरिएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत धनप्रसाद देवकोटा बताए। 'जौ बालीमा कार्बोहाइडेड र प्रोटिनको मात्रा बढी पाइन्छ। यसबाट लिटोपिठो, हर्लिक्स, बिस्कुटजस्ता चिज बनाइन्छ। त्यसैले स्वास्थ्यका लागि जौं निकै लाभदायक छ।'उनले भने

जौंको विशेषता र यसले दिने पोषणका विषयमा अवगत नभएकाले र आयातित खाद्यान्नमा निर्भर हुन थालेपछि पछिल्ला वर्षमा यसको उत्पादनमा कमी आएको छ। आर्थिक बर्ष २०६७/६८ मा चार हजार ४०० हेक्टर जमिनमा ६ हजार ६ सय मेट्रिक टन जौ उत्पादन भएको थियो। आर्थिक बर्ष २०७२/७३ सम्म आइपुग्दा ३ हजार ८ सय ५० हेक्टरमा ३ हजार ४ सय ६५ मेट्रिक टन जौ उत्पादन भएको कार्यालयले जनाएको छ। 

कृषि प्राविधिक सहायक खेमराज शाही चालु आर्थिक बर्षमा अहिलेसम्म जुम्लाबाट २ सय क्विन्टल जौं निर्यात भएको बताए। जौलाई कोदो, गहुँ र अन्य कृषिजन्य वस्तुसंग सहजै मिश्रण गरेर खान मिल्छ। जिल्लामा जौ प्रतिकिलो २८ रुपैँयामा खरिद गरी नेपालगन्ज–काठमाडौँसम्म पुर्‍याउँदा प्रतिकिलो ३६ देखि ३८ सम्ममा बिक्री हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.