काठमाडौं : वाणिज्य आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले अनलाइन सपिङ कम्पनी दराजविरुद्ध ठगीको उजुरीमा छानविन सुरु गरेको छ।
दराज कम्पनीमार्फत् एउटा सामान अर्डर गर्दा अर्को पठाउने, ढिला नल्याइदिने लगयातका समस्या निरन्तर देखिन थालेपछि ठगीको उजुरी परेको थियो।
यसअघि विभागले कम्पनीमा छापा नै मारिसकेको अवस्थामा अहिले कागजपत्रमा अध्यन गरिरहेको जनाइएको छ।
विभागले दराजबाहेक अन्य अनलाइन सपिङ साइटमा पनि अनुगमन गर्ने जनाएको छ। अधिकांश अनलाइन सपिङ कम्पनीबारेमा गुनासो आएको विभागले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।