|

जाजरकोट : प्रतिबन्धित जडिवुटी पाँचऔले सहित जाजरकोटमा एक जना पक्राउ परेका छन्। नर्कु १ डोल्पाका ६७ वर्षीय नामबहादुर वोहरालाई प्रहरीले आइतबार पक्राउ गरेको हो।

भगवती गाविसबाट रिम्नातर्फ आउदै गरेको भे.१ ज ५७६ को जिपमा सवार वोहराको झोला  बाट ३ किलो प्रतिबन्धित जडिवुडी पाँचऔले फेला परेको प्रहरीले जनाएको छ। जाजरकोटको  खगेनकोट ८ मा सवारी साधन चेकजाचका क्रममा उनको झोलामा प्रतिबन्धित जडिबुटी भेटिएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी भावेश रिमालले जानकारी दिए।

बिक्रीका लागि नेपालगन्ज लैजाँदै गरेको जडिवुडीलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय जारकोटमा बुझाइएको डिएसपी रिमालले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.