|

बर्दिया : हुलाकी सडकखण्डअन्तर्गत बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ।

पुरानो सरयु नदीको भत्केको पुल‍नजिक मोटरसाइकल दुर्घटना हुँदा गुलरिया नगरपालिका १ खैरापुरका ३५ वर्षीय राजेश यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए।   

सदरमुकाम गुलरियादेखि घरतर्फ खैरापुर जाँदै गरेको भे ४ प ७२१७ नम्बरको मोटरसाइकल पुरानो सरयु नदीको भत्केको पुलनजिक खसेपछि घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

निर्माणाधीन अवस्थामा रहेको पुलदेखि बायाँतर्फ बाइपास (डाइभर्सन) बाटोतर्फ नगई सीधै निर्माणाधीन पुलबाट जाने क्रममा बुधबार राति मोटरसाइकल दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.