'सरकारविरुद्ध सडक र संसदबाट आन्दोलन'

|

पोखरा : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले संवैधानिक परिषद्लाई कठपुतली बनाएर सबै ठाउँमा आफ्ना मान्छे भर्ती गरेको आरोप लगाएका छन्। 

शुक्रबार पोखरामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘संवैधानिक परिषद् कठपुतली बनाएर सबै ठाउँमा आफ्ना मान्छे नियुक्त गरेको छ। अख्तियारलाई शाही आयोग बनाउन खोजेको छ।’

उनले न्यायालयमा पनि राजनीतिक आस्था बोकेका मान्छे नियुक्त गरेको भन्दै आपत्ति प्रकट गरे। उनले स्वतन्त्र न्यायालय नभएसम्म सरकारलाई गलत काम गर्न थप खबरदारी गर्ने ठाउँ नहुने बताए। बार एशोसिएसनमा कांग्रेस आफ्नै कारणले हारेकोले सरकारलाई खबरदारी गर्ने ठाउँबाट चुकेको उनको तर्क थियो।  

बारको चुनाव हारेकै कारण न्याय परिषदमा प्रतिनिधित्व हुन नसकेको उनको भनाई छ। सरकार गलतबाटोमा गएको भन्दै कांग्रेसले सरकारविरुद्ध सडक र संसदबाट संघर्षको कार्यक्रमहरू ल्याउने देउवाको भनाई छ।

‘सरकार र प्रधानमन्त्री ओलीको राष्ट्रवाद कालापानीमा लम्पसार परेको छ’, उनले भने, ‘अब यो सरकारविरुद्ध संसद र सडकबाट कांग्रेसले संघर्ष गर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.