|

पोखरा : पोखरा नयाँबजार प्रदर्शनी केन्द्रनजिकै भएको बम विस्फोटमा संलग्न रहेको आशंकामा एकजना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। बुधबार दिउँसो नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रमनजिकै बम विस्फोट गराएको आरोपमा एकजनालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको हो।

बम विस्फोटलगत्तै प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको थियो। ‘उक्त स्थानमा तत्कालै व्यापकरूपमा प्रहरी परिचालन गरी खोजतालस तथा अनुसन्धान गर्दा उक्त शंकास्पद वस्तु विष्फोट कार्यमा संलग्न रहेको आशंकामा प्रहरीले तत्कालै एकजना व्यक्तिलाई पक्राउ गरेको छ,’ कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले भने, ‘थप अनुसन्धान भइरहेको छ।’ प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय खुलाएको छैन।

बुधबार दिउँसो नेकपा अध्यक्षसहितका उच्च नेताहरूले सम्बोधन गर्ने सभास्थलनजिकै विष्फोट हुँदा तीनजना सामान्य घाइते भएका थिए। कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि हुन लागेको उपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार विद्या भट्टराईलाई जिताउन प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्बाङ, संगठन विभाग प्रमुख वामदेव गौतम र नेता खजराज अधिकारीसहित नेताहरू सभास्थलमा पुगेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.