|

दमौली : समुदायमा घट्ने गरेका विभिन्न विपद व्यवस्थापनका लागि प्रतिकार्य समूह तयार पारिएको छ। विपद जुनसुकै समयमा हुन सक्ने भएकाले जिल्लाका स्थानीय तहहरूबाट युवालाई सहभागी गराई अभ्यास गराई प्रतिकार्य समूह तयार पारिएको छ।

सवारी दुर्घटना, वनजंगल तथा आवास आगलागी, भूकम्प र बाढी पहिरो जस्ता विपद न्यूनीकरणमा स्थानीय सामग्रीको प्रयोगबाट उद्धार गर्ने तवरले प्रशिक्षण दिएर प्रतिकार्य समूह तयार पारिएको हो। जिल्लाका १० वटै स्थानीय तहका दुई/दुई जना गरी २० जनालाई चार दिने विपद् व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिएको हो।

व्यास नगरपालिका ५ चापाघाटस्थित श्रीकृष्ण दल गणले विपद्मा जनधन न्यूनीकरणको लागि स्थानीय प्रविधिमा आधारित तालिम प्रदान गरेको हो। श्रीकृष्ण दल गण, व्यास नगरपालिका र जिल्ला प्रशासन कार्यालय तनहुँको आयोजनामा विपद व्यवस्थापनमा स्थानीय सामग्रीको प्रयोग गरी कम समय र खर्चमा न्यूनीकरण गर्नका लागि तालिम प्रदान गरेको बताइएको छ। 

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपोनले तनहुँमा धेरै विपदका घटना नहुने भएपनि तयारी अवस्थामा रहेमा जुनसुकै समयमा उपयोगी हुने बताए। विशेषज्ञ टोलीले दिएको प्रशिक्षणले स्थानीयमा आइपर्ने सामुदायिक विपद प्रतिकारका लागि नगरपालिकाले व्यवस्थापनमा आवश्यक सामग्री तयार गर्ने नगर प्रमुख न्यौपानेले बताए।

‘अब कहीँ विपद परिहालेमा तत्काल मानवीय सेवा पुर्‍याउन सकिन्छ। त्यसका लागि नगरपालिकाले पूर्व तयारी अवस्थामा रहेको छ’, उनले भने। यस अभ्यास मादी नदीमा गरिएको स्थानीय प्रविधि प्रयोगबाट बाढी पीडितलाई गरिएको उद्धार अभ्यास हेर्दा प्रभावकारी लागेको बताए। 

विदेश भ्रमणका क्रममा फिलिपिन्समा विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिई तयारी अवस्थामा राखेको देख्दा नेपाल पछाडि परेको महशुस भएकोले यहाँ पनि पूर्व तयारीलाई प्राथमिकता दिएको उनको भनाई छ। विपद् व्यवस्थापनलाई प्राथमिकता नदिँदा ठूलो जन र धनको क्षति हुने गरेको बताउँदै नगर प्रमुख न्यौपानेले व्यास नगरपालिकाले विपदलाई उच्च प्राथमिकता राखेको बताए।

विपद व्यवस्थापनको लागि चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको र आगामी वर्ष बृद्धि गर्दै लैजाने उनको भनाई छ। विपद प्रतिकारका लागि स्थानीय प्रविधिमा आधारित रही तयारी अवस्थामा राखिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

आधुनिक प्रविधि खरीद गर्न खर्चिलो हुने, सञ्चालनका लागि प्राविधिक ज्ञानको अभाव हुने भएकोले परम्परागत प्रविधिको  ज्ञान र सीपले पण्डितको भनाई छ। ‘विपद् व्यवस्थापन समितिले गत असारमा नै निर्णय गरेकोले हाल उक्त तालिम प्रदान गरेका हौं’, प्रजिअ पण्डितले भने, ‘स्थानीय प्रविधि भनेर वेवास्ता गर्नु हुँदैन, बढी प्रभावकारी हुन्छ।’  

तनहुँको भानु नगरपालिकामा गोली हान्ने आदेश दिँदा समेत चितुवा नियन्त्रणमा लिन नसिकएको उदाहरण दिँदै प्रमुख जिल्ला अधिकारी पण्डितले परम्परागत पासोमा चितुवालाई पार्न सफल भएको बताए। व्यास नगरपालिकाको आर्थिक व्यवस्थापनमा तालिम प्रदान गरिएको श्रीकृष्ण दल गणले जनाएको छ।

विपद न्यूनीकरण अभ्यासमा नेपाली सेनाका सात जना प्रशिक्षकले तालिम प्रदान गरेका थिए। श्री नम्बर १ विपद् व्यवस्थापन गण सुन्दरीजल काठमाडौंबाट दक्ष प्रशिक्षक झिकाई तालिम प्रदान गरिएको श्रीकृष्ण दल गण चापाघाट व्यारेकका गणपति अनन्तबहादुर सिंहले जानकारी दिए।

विपद् नियन्त्रण गर्ने उपकरण बनाउने तरिका, सामग्री, उपायलगायतको बारेमा तालिम प्रदान गरिएको सिंहले बताए। सडक दुर्घटना, आगोलागी, बाढी-पहिरो र भूकम्प गएकोले बेला गर्ने उद्धारसम्बन्धी तालिम प्रदान गरिएको प्रमुख शिक्षक तथा श्री नं. १ विपद् व्यवस्थापन गणका सहसेनानी (क्याप्टेन) भरत पुलामी मगरले बताए।

पानीमा तैरिने प्लाष्टिका बोपत, ड्रम, म्याट, विचमा चिरेको बाँस, डोरी लगायतको प्रयोगबाट पानीमा गरिने उद्दारको बारेमा दमौलीस्थित मादी नदीमा गरिएको अभ्यास समापन गरिएको थियो। गाउँघरमा जे-जे उपलब्ध साधनको प्रयोग गरेर के कस्ता उद्धार गर्न सकिन्छ भनेर तालिम प्रदान गरिएको गणपति सिंहले बताए।

समुदायमा रहेका सामग्री प्रयोग गरेर तालिममा सिकेको कार्य अन्यलाई समेत सिकाउने गरी तालिम प्रदान गरिएको उनले बताए। तालिममा चार वटा नगरपालिका र छ वटा गाउँपालिका गरी १० वटा स्थानीय तह रहेका छन्।

सबै पालिकालाई तालिममा आमन्त्रण गरिएको भए पनि ऋषिङ, घिरिङ गाउँपालिका र भानु नगरपालिकाबाट तालिममा सहभागी भएनन्। ती पालिकाबाट नआएकोले व्यास नगरपालिकाको ६ जनालाई तालिम प्रदान गरिएको गणपति सिंहले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.