|

इटहरी : सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पक्राउ गर्न गएको प्रहरी त्यत्तिकै फर्किएको छ। विराटनगरको विराट नर्सिङ होममा पक्राउ गर्न गएको प्रहरी खाली हात फर्किएको हो।

आइतबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माको नेतृत्वमा प्रहरी टोली अस्पताल पुगेको थियो। केही दिनदेखि विराट नर्सिङ होममा उपचार गराइरहेका कृष्णदासलाई हर्ट अट्याक भएको भन्दै प्रहरी त्यत्तिकै फर्किएको हो।

कृष्णदासलाई अर्टअट्याक भएको भन्दै भेन्टिलेटरमा राखिएको थाह पाएपछि प्रहरी टोली अलमलमा परेको थियो। विराट नर्सिङ होमले गिरीलाई हृदयघात भएको बताउँदै आइसियुमा भर्ना गरेपछि पक्राउ नगरी फर्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी शर्माले जानकारी दिए।

'अदालतबाट पक्राउ पुर्जी आइसकेको छ। त्यसैले पक्राउ गर्न आएको हो’, उनले भने,‘तर हर्ट अट्याक भएर आइसियुमा उपचार भइरहेको रहेछ। आइसियुबाहिर प्रहरी निगरानीमा राखिएको छ।’

आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबालाई अस्पतालबाटै अदालत लैजान भन्दै डिएसपीको नेतृत्वमा प्रहरी टोली आएको थियो। तर चिकित्सकले उनलाई हर्ट एट्याक भएकाले बाहिर लान नमिल्ने बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.