|

एजेन्सी : नेदरल्यान्डका चर्चित फुटबलर आर्यन रोब्बिनले सन् २०१८ सम्म बार्यन म्युनिखमा रहने गरी नयाँ सम्झौता गरेका छन्। क्लबसँग नयाँ सम्झौता गर्दै उनले चीनियाँ सुपर लिग क्लबबाट सरुवाका लागि प्रस्ताव खाएको खुलासा गरे। 

उनले चिनियाँ क्लबले गरेको आर्कषक रकमको प्रस्ताव लत्याउँदै म्यूनिखसँग नयाँ सम्झौता गरेको बताएका छन्। पछिल्लो समय कार्लोस टेभेच, ओस्कार, एक्सिल विटसेल लगायतका खेलाडी चीनियाँ सुपर लिगमा आबद्ध भएका छन्। तर ३२ वर्षिय रोब्बिनले म्यूनिख छाड्ने कुनै योजना नरहेको बताए।

‘मैले म्यूनिखमा राम्रो समय बिताइरहेको छु। म विश्वकै एक उत्कृष्ट क्लबमा छु।’ उनले भनेका छन्,' चीनमा जानु भनेको लगभग आफ्नो करियर सक्नुजस्तै हो। म संभव भएसम्म माथिल्लो स्तरको लिगमा खेल्न चाहन्छु।’ 

रोब्बिनले आर्कषक पैसाका कारण स्टार खेलाडीहरु चीनियाँ लिगतर्फ आर्कषित भएको बताए। ‘तपाईले पाउँदै आएको तलबभन्दा ४, ५ वा ६ अझ त्योभन्दा राम्रो तलब चीनमा पाउनसक्नुहुन्छ। तर पैसाले मलाई कहिल्यै लोभ्याएन। त्यसैले मैले राम्रो करियर बनाउन सके। मेरा लागि फुटबल ठूलो हो,’ रोब्बिनले भने। 

उनले ३० वर्ष पार गरिसकेका खेलाडीहरु करियर टुंग्याउनका लागि चीन गएपछि युवा खेलाडीहरु किन गए भन्‍ने विषयमा केही बुझ्‍‍न नसकेको बताए। ‘मैले बुझ्‍न सकिरहेको छैन किन खेलाडीहरु २७–२८ वर्षको उमेरमा चीन जान्छन्। उनीहरु यतिबेला आफ्नो करियरको पिकमा छन्। त्यहाँ जानु भनेको करियर सक्नु हो। ३० वर्ष पार गरिसकेका खेलाडीका आफ्नै बाध्यता हुनसक्छन्।’

३२ वर्षका रोब्बिनले यस सिजन बार्यन म्यूनिखका लागि १४ खेलमा ६ गोल गरिसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.