|

दमक : एप्लाष्टिक एनेमीया रोगका कारण पीडित झापा पृथ्वीनगर गाविस–७ की सुजता सुवेदीलाई एक लाख ९२ हजार ३५ रुपैयाँ सहयोग प्राप्त भएको छ। काठमाडौँको अल्का अस्पतालको आइसीयुमा उपचाररत सुवेदीलाई झापा हङकङ मञ्चले आर्थिक सहयोग गरेको हो।

हङकङमा रहेका मञ्चका संयोजक छत्र सुब्बाको पहलमा संकलन भएको सो सहयोग रकम बुधबार पीडितकै घरमा पुगेर हस्तान्तरण गरियो। मञ्चले पठाइदिएको सहयोग रकम नारी एकता न्यायीक मञ्च दमककी सहसंयोजक लक्ष्मी सुब्बा, नेपाली कांग्रेस झापाका जिल्ला सदस्य विक्रम अधिकारी र नेपाल महिला संघ झापा ७ नम्बर क्षेत्रीय सभापति रेगिना भट्टराईले संयुक्त रुपमा पीडित सुवेदीकी हजुरआमा कृष्णमाया सुवेदी र सुजता बचाऊ अभियानका संयोजक ताराबीर लिम्बुलाई हस्तान्तरण गरे।

सहयोग रकम हस्तान्तरण गर्दै मञ्चकी सहसंचिव सुब्बाले पीडितको उपचारको लागि हङकङमा रहेका झापाली युवाहरुले गरेको नगद सहयोग प्रशंसनीय भएको बताइन्। त्यस्तै महिला संघकी क्षेत्रीय सभापती भट्टराईले मानवीय सहयोग सबैका लागि आवश्यकता भएकोले सुजताको उपचारमा सक्दो सहयोग गर्न सबैलाई आग्रह गरिन्।

सहयोग हस्तान्तरण कार्यक्रममा सुजता बचाऊ अभियानका संयोजक लिम्बुले स्वदेश तथा विदेशबाट सुजताको उपचारका लागि २५ लाख बढी सहयोग जुटेको बताए। हेल्थ एसिस्टेन्ट पढ्दै गरेकी सुवेदीको पारिवारिक आर्थिक अवस्था कमजोर रहेका कारण उनलाई बचाउन स्थानीयवासी अभियान मार्फत सहयोग संकलनमा जुटेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.