|

काठमाडौं : गत बुधबार गायिका आस्था राउत र त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा ड्युटीरत प्रहरी जवान रमित श्रेष्ठबीच भएको विवादबारे एकजना प्रत्यक्षदर्शीले आफ्नो धारण सार्वजनिक गरेका छन्। 

सामाजिक सञ्‍जाल फेसबुकमार्फत प्रत्यक्षदर्शी सुमन देउजाले उक्त प्रकरणमा गायिका आस्था राउतकै गल्ती भएको दाबी गरेका हुन्। प्रहरी जवान रमितासँगको विवादमा गायिका आस्थाले धैर्यता र शालीनता देखाउन नसकेको बताएका छन्। दुईजनाको वादविवाद नजिकबाट देखेका देउजाले प्रहरी जवान रमिताले आफ्नो ड्युटी निर्वाह गरेको दाबी गरेका छन्। 

‘आफ्नो ड्युटीमा रहेकी रमिताले सुरक्षा चेकजाँच उनलाई दिएको जिम्मेवारीअनुसार नै गरिरहेकी थिइन्’, उनले भनेका छन्, ‘तर सेलिब्रेटी भनिने आस्थाले पनि नियम त मान्‍नु पर्‍यो नि।’

दुईजनाबीचको विवादपछि आस्थाले तल्लो तहमा झर्दै प्रहरी संगठनमाथि जथाभावी गाली गरेकी थिइन्। घटनाको सीसीटीभी फुटेज पनि सार्वजनिक भएपछि यसबारे बोल्न आफूमाथि दबाब आएको देउजाले उल्लेख गरेका छन्। 

‘महिला प्रहरी रमिताले आस्थालाई ज्याकेट चेकजाँच गर्नका लागि खोल्न आग्रह गरेपछि आस्थाले आफ्नो फ्लाइट छुट्न लागेको भन्दै हतारिइन्। हतार हुने भए चाँडै आउनु पर्ने महिला प्रहरीले बताइन्। त्यसपछि आस्थाले ज्याकेट खोलेर चेक गर्ने मेसिनमा राखिन्। ज्याकेट चेक गरेर फर्केकी आस्थालाई उनको कफी महिला प्रहरीले दिइन्', उनले भनेका छन्, 'कफीको गिलास आस्थाले लिन नमान्दा टेबुलमा कफि पोखियो । त्यसपछि टेबुलमा पोखिएको कफी पुछ्न र डस्टविनमा फ्याल्न महिला प्रहरीले आस्थालाई भनिन्, तर उनले मानिनन्। महिला प्रहरी आफ्नो जिम्मेवारी पूरा गरिरहेकी थिइन्। महिला प्रहरी सही छिन्। महिला प्रहरीलाई उनले राम्रो काम गरेकोमा सलाम गर्न चाहन्छु।’

यो प्रकरणमा प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि दुर्व्यवहार गरेको भन्दै राउतविरूद्द मुद्दा दर्ता गरिसकेकी छन्। आस्थाविरुद्ध जिल्ला प्रशासनबाट अभद्र व्यवहार मुद्दामा पक्राउ पूर्जी जारी गराएर प्रहरीले खोजी गरिरहेको छ। तर आस्थाले आफू फरार नभइ सिक्किममा रहेको स्पष्टीकरण दिइरहेकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.