|

पर्सा : अनलाइनमार्फत ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बारा गढीमाई नगरपालिका ३ पिप्राविर्ता घर भई पर्सा बीरगंज महानगरपालिका १५ ब्रह्मचोक बस्ने २९  वर्षीय रोशन सिंह, सोही ठाउँ बस्ने २१ वर्षीय बिशाल सिंह, भारत कलकत्ता घर भई हाल पर्सा सोही महानगरपालिका डेरा गरी बस्ने २६ वर्षीय सबिक भक्त र सोही ठाउँ ब्रह्मचोक बस्ने १८ वर्षीय फारुख आलम रहेका छन्। 

उनीहरूले सामाजिक संजालहरूबाट Club Factory-Online Shoping Apps खोली एपल कम्पनीको मोबाइल कम मूल्यमा पठाउने भनी ठगी गरेको आरोप छ।साथै उनीहरूले अमेरिका, क्यानडा र सिंगापुरलगायतका देशको भिसा समेत लगाई दिने जस्ता झुटा आश्वासन दिई सर्वसाधारणलाई प्रलोभनमा पारी रकम ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। 

ठगी सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.