स्वास्थ्य मन्त्रालय र प्रदेश सरकारले पहलकदमी लिइसकेकाे दाबी

|
प्रकाेप फैलिएकाे गुम्बा गाउँ

काठमाडौं : सिन्धुपाल्चोक जुगल गाउँपालिका-३ को गुम्बाको सिंगो गाउँ नै रुघा, खोकी र उज्ज ज्वरोबाट प्रभावित हुन पुगेको छ। छिमेकी देश चीनमा फैलिएको कोरोना भाइरसको शंका गर्दै गाउँपालिकाले मंगलबार नै सहयोग अपिल गरेको थियो। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले मन्त्राललयलाई लेखेको पत्रको गुम्बामा सोमबारदेखि नोबल कोरोना भाइरसको लक्षणसँग मेलखाने लक्षण देखिएको उल्लेख गरेका थिए। 

बस्तीवासिमा रुघा, खोकी र अत्याधिक ज्वरोजस्ता लक्षणका बिरामी देखा परेकोले यस्तो लक्ष्यण देखिएपछि कोरोनाको शंका गरिएको थियो। तर, उपचारका लागि गाउँपालिकाको टोलीले अध्ययनपछि गुम्बामा देखिएको प्रकोप कोरोना नभएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्। 

उपचारपछि बिरामीको स्वास्थ्य अवस्थामा केही सुधार आएपछि गुम्बामा फैलिएको रोग कोरोना नभएको उपचारमा खटिएका स्वास्थ्यकर्मी अनिल साउदले जनाए। सामान्य ज्वरो, रुघाखोकीलगायतको संक्रमण बढेपछि गाउँपालिकाले कोरोनासँग मिल्ने संकेत गरेको थियो।

उपचारमा अहिले जलवीरे स्वास्थ्य केन्द्रको चिकित्सक टोलीले रहेको जुगल गाउँपालिकाको अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए। ‘प्रदेश र स्वास्थ्य मन्त्रालयले पनि स्वास्थ्यकर्मी पठाएको छ भन्ने सुनेका छु। तर, हामीकहाँ आइपुगेको छैन’ उनले थाहाखबरसँग टेलिफोन कुराकानीको क्रममा भने।

‘उपचारमा संलग्न चिकित्सक टोलीको अध्ययनपछि १ सय ३६ जनालाई शंकाको घेरामा राखेका छौँ। तर, ल्याव र परीक्षण गर्ने सामग्री नभएकाले समस्या यही रोग हो भनेर भन्ने अवस्था छैन’ उनले भने, ‘अहिले हामीले डाक्टरसँग रिपोर्ट माग्नेभन्दा पनि बिरामीको उपचारमा केन्द्रित गराएका छौँ।’

देखिएको बिरामीहरूका सिजनल फ्लुको आशंका पनि गरिएको उनले बताए। गाउँपालिका कार्यालयले बिरामीमा कोरोना भाइरसको जस्तो लक्षण देखिएको भन्दै रोग पहिचानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विशेष टोली पठाइदिन पत्राचार पनि गरेको थियो। 

तर, स्वास्थ्य मन्त्रालयको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले गुम्बामा फैलिएको सामान्य रघाखोकी भएको दाबी गरेका छन्। रुघाखोकी मात्रै भएकाले अहिले जिल्लाबाट स्वास्थ्य कर्मीको टोली खटिएकाले आवश्यक परेको खण्डमा केन्द्रबाट पनि स्वास्थ्यकमीको टोली पठाउँने बताए। 

सिन्धुपाल्चोकको गुम्बामा देखिएको प्रकोप मौसमी रुघा मात्रै भएको बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल शरद बताउँछन्। ‘गुम्बामा फैलिएको मौसमी रुघा (Seasonal Flu) भएको र (Covid-19) korona virus को चिन्ह नदेखिएको उनको दाबी छ। 

मंगलबारबाट प्रदेश सरकाले आवश्यक पहलकदमी लिइसकेको बताए। प्रयोगशालाको रिपोर्ट नआएसम्म जनमानसमा कोरोना भाइरस भएको भन्दै त्रास नफैलाउँन आग्रहसमेत गरेका छन्। 

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाको टोलीले बुधबार त्यहाबाट थप परीक्षणको लागि नमुना संकलन गर्नको लागि खटिएको समेत प्रष्टाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.