|

जनकपुर : नेपाली कांग्रेसका योद्धा सहिद  दुर्गानन्द झाको स्‍मृतिमा निर्माण गर्ने भनिएको प्रसुति गृहको काम अझै सुरु भएको छैन। झण्डै अढाई महिना अगाडि स्वास्थ्य मन्त्री गगन थापा गाँउमै पुगेर शहीद झाको स्मृतिमा प्रसुति गृहको निर्माण कार्य केही दिनभित्रै सुरु हुने घोषणा गरेका थिए। तर अहिलेसम्म प्रसुति गृह निर्माण हुने कुनै छाँटकाँट देखिएको छैन।

पञ्चायती शासकको विरुद्धमा प्रजातन्त्रिक संघर्षमा लागेर बलिदानी दिएका शहिद दुर्गानन्द झाको जन्म स्थल धनुषाको जटही पुगेर मसिंर ६ गते स्वास्थ्यमन्त्री गगन थापा उनको परिवारसँग भेटघाट गरेका थिए। त्यसक्रममा मन्त्री थापाले डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले ७ वर्षअघि घोषणा गरेको १५ शैयाको प्रसूति गृह निर्माणको काम केही दिनभित्रै सुरु गर्ने बताएका थिए। मन्त्रीको घोषणापछि उत्साहित बनेका स्थानीयवासी घोषणा  कार्यान्वयनमा नआउँदा निराश भएका छन्।

पञ्चायती शासन व्यवस्थाको विरोधमा नेपाली काँग्रेसले शुरु गरेको क्रान्तिका बेला २०१८ साल माघ १९ गते जनकपुरमा राजा महेन्द्रलाई लक्षित गरेर बम प्रहार गरेको आरोपमा २०२० साल माघ १५ गते तत्कालिन सरकारले केन्द्रिय कारागारमा दुर्गानन्द झालाइ फाँसी दिएको थियो। मृत्यु भएको ५२ वर्षपछि सरकारले सहीद घोषणा गरेपनि यो स्मारक बाहेक सहीद दुर्गानन्दलाई स्मरण गराउने अहिलेसम्म कुनै ठोस काम नभएको स्थानीय भोगी कापडको गुनासो छ।

यो पनि पढ्नुहोस् : संझनामा सहिद दुर्गानन्द, जसले राजाको गाडीमा बम हाने 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.