|

काठमाडौं : झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन माग गर्दै सञ्चालक दुर्गा प्रसाईंले निवेदन दर्ता गराएका छन्।

चिकित्सा शिक्षा आयोगमा पुगेर बिहीबार प्रसाईले निवेदन दर्ता गराएका हुन्।  प्रसाइले भने, ‘यसअघि दर्ता गराउन जाँदा मेरो निवेदन दर्ता भएको थिएन, यसपालि भने दर्ता भयो, अब सम्बन्धन प्रकृया अघि बढ्ला।‘

चिकित्सा शिक्षा विधेयकमा आशयपत्र लिएर बसेका उपत्यका बाहिरको प्रस्तावित मेडिकल कलेजहरुले सम्बन्धन पाउने उल्लेख गरिएको छ।

चिकित्सा शिक्षा ऐनमै राजधानीबाहिर आशयपत्र पाएका मेडिकल कलेजलाई सम्बन्धन दिन सकिने उल्लेख छ। उपत्यका बाहिर आशयपत्र पाएर सम्बन्धन कुरिरहेको झापाको बीएण्डसी एक नम्बर प्रदेशको एउटै मात्र मेडिकल कलेज हो।

यसअघि सम्बन्धन लिन आयोग पुगेका प्रसाईसँग चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले २० करोड घुस मागेको आरोप लागाएका थिए। यस सँगै आयोग उपाध्यक्ष प्राडा गिरीले प्रसाईविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गराएका थिए।

प्रसाईं बिहीबार भक्तपुर जिल्ला प्रशासनमा हाजिर भएर तारेखमा छुटेका थिए। झापाको बीएण्डसी अस्पताल सञ्चालक प्रसाईं जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उपस्थित भएपछि प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले साधारण तारेखमा रिहा गर्न आदेश दिएकी थिइन्। 

प्रसाईंविरूद्ध गत माघ २ गते भक्तपुर प्रशासनले पक्राउ पूर्जी जारी गरेपछि सम्पर्कविहीन भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.