हजुरबालाई यहाँजस्तो स्वर्गमा पीडा नहोला

|

एजेन्सी : शिआओ हुआङलाई हजुरबुबा र हजुरआमाले हुर्काएका हुन्। आमाबुबा बित्दा हुआङ सानै थिए। हुआङ जहिल्यै कामना गर्थे, 'हजुरबा हजुरआमालाई सुख दिन सकूँ। उहाँहरूको उत्तरार्ध सुखसँग बितोस्।'

सबै सही चल्दै थियो, अचानक कोरोना भाइरसको आपत आइलाग्यो। हुआङका हजुरबुवा यही भाइरसका कारण बिते। हजुरआमाको स्थिति चिन्ताजनक छ।

जनवरी २० मा यी दम्पत्तिमा श्वासप्रश्वाससम्बन्धी समस्या देखियो। तर सिंगो वुहान शहरलाई २३ जनवरीबाट सिल गरिएकाले उनीहरू अस्पताल जान पाएनन्। सार्वजनिक सवारी साधनहरू ठप्प पारिएका थिए। ती दुईले २६ जनवरीमा मात्रै अस्पतालको मुख देख्न पाए।

दूर्भाग्य, बेडमा सरेको ३ घण्टापछि हजुरबाको प्राणपखेरु उड्यो। ट्वीटरजस्तै चिनियाँ सामाजिक सञ्जाल विबोमा हुआङले लेखे, 'हजुरबा, तपाईंको आत्माले शान्ति पाओस्। स्वर्गमा यहाँजस्तो पीडा नहोला।'

अस्पताल भर्ना भएको ३ दिनपछि डाक्टरहरूले दुवैजनामा कोरोना संक्रमण भएको पुष्टि गरे। अस्पतालमा बिरामीको घुइँचो थियो, कुनै बेड खाली थिएनन्। ज्वरोले निस्लोट भएका हुआङका हजुरबा राम्ररी श्वास फेर्ने स्थितिमा थिएनन्। उनलाई अस्पतालको करिडोरमा राखियो।

'अस्पतालमा न डाक्टर थिए, न त नर्स', हुआङ भन्छन्, 'डाक्टरबिनाको अस्पताल चिहानघारीजस्तै थियो।' हजुरबाको प्राण गएभन्दा अघिल्लो दिन उनले हजुरआमासँग बात मार्दै रात छर्लङ्ग पारे। उनी हजुरआमालाई हजुरबाको अवस्था थाहा नहोस् भन्‍ने चाहन्थे। थाहा भएको खण्डमा चिन्ताले गर्दा हजुरआमाको स्वास्थ्य अझ बिग्रन सक्थ्यो।

भोलिपल्ट बल्लतल्ल एउटा खाली बेड भेटियो। हजुरबालाई करिडोरबाट बेडमा सारियो। दूर्भाग्य, बेडमा सरेको ३ घण्टापछि हजुरबाको प्राणपखेरु उड्यो। ट्वीटरजस्तै चिनियाँ सामाजिक सञ्जाल विबोमा हुआङले लेखे, 'हजुरबा, तपाईंको आत्माले शान्ति पाओस्। स्वर्गमा यहाँजस्तो पीडा नहोला।'

'कोरोना संक्रमित धेरै बिरामीहरू आफन्तजनको अनुपस्थितिमै बितेका छन्। हेरचाह गर्ने कुरा परै जाओस्, मर्नुअघि बिरामीहरूले आफन्तजनको मुखसमेत देख्न पाएका छैनन्', उनले भने।

हजुरबा त गइहाले, हजुरआमा अस्पतालको बेडमा छटपटाइराखेकी छिन्। हुआङलाई एक निमेषका लागि पनि हजुरआमालाई एक्लै छाड्न मन छैन। 'यो भाइरसको औषधि नै बनेको छैन। तैपनि, डाक्टरहरूले आशा नमार्न भनेका छन्। हेरौं, हजुरआमाको भाग्यमा के लेखेको छ।'

अस्पतालको चक्कर काट्दा–काट्दा गत सातादेखि हुआङ आफैं अस्वस्थ बने। उनलाई स्थानीय होटलमा बनाइएको क्वारेन्टाइनमा दुई साताका लागि राखिएको छ।

खोक्दा–खोक्दा रगतै निस्कियो

गतमहिनाको सुरूमा दा चुनकी ५३ वर्षीया आमालाई ज्वरोले समात्यो। सामान्य होला भनेर धेरै चासो दिइएन। चिसोले होला भन्ठानियो। तर, एक करोडभन्दा धेरै जनसंख्या भएको उक्त शहरमा चलेको एउटा हल्लाले उनीहरूलाई नराम्री झस्कायो, कतै कोरोना भाइरसले त छोएन?

दा चुनले आमालाई नजिकैको क्लिनिक लगे। डाक्टरले औषधि दिए, सुई पनि लगाइदिए। तर, ज्वरो झरेन। त्यसको केही दिनपछि दिन सरकारले 'कोरोना भाइरस मान्छेबाट मान्छेमा सर्ने' पुष्टि गर्‍यो। आत्तिएका दा चुनले त्यसपछि आमालाई अलिक ठूलो अस्पतालमा लगे।

रगत र छातीको जाँच गरेपछि डाक्टरले उनकी आमालाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिए। 'मलाई अहिलेसम्म विश्वासै लागेको छैन', दा चुन भन्छन्।

दा चुनले आमालाई नजिकैको क्लिनिक लगे। डाक्टरले औषधि दिए, सुई पनि लगाइदिए। तर, ज्वरो झरेन। त्यसको केही दिनपछि दिन सरकारले 'कोरोना भाइरस मान्छेबाट मान्छेमा सर्ने' पुष्टि गर्‍यो। आत्तिएका दा चुनले त्यसपछि आमालाई अलिक ठूलो अस्पतालमा लगे।

डाक्टरले आमालाई कोरोना संक्रमण भएको जानकारीसँगै स्रोतसाधनको अभावका कारण त्यस अस्पतालमा थप उपचार नहुने पनि बताए। उनले दा चुनलाई आमालाई अर्कै अस्पताल लैजान भने, जुन कोरोना संक्रमितलाई राख्‍न भनेरै तयार पारिएको थियो। वुहानमा त्यस्ता आठवटा अस्पताल छन्।

उनले आमालाई तिनैमध्येको एउटा अस्पतालमा पुर्‍याए। 'त्यहाँ पनि भर्ना लिइएन। डाक्टरले बेडको अभाव देखाउँदै स्थानीय स्वास्थ्य आयोगले सिफारिस गरेबाहेकका बिरामीलाई भर्ना लिन नमिल्ने बताए', २२ वर्षीय दा चुनले भने।

त्यसो त, यो दा चुनले मात्र भोग्नुपरेको समस्या होइन। वुहानमा कयौं मानिसहरू यही भोगाइबाट गुज्रिएका छन्। कयौं वि-च्याट प्रयोगकर्ताले यस्तै प्रकृतिको समस्या भोग्नुपरेको सामाजिक सञ्जालमा बताएका छन्।

दा चुनका भाइ कुनै अस्पतालमा खाली बेड भेटिन्छ कि भनेर यता र उता चाहर्थे। दा चुनचाहीँ आमालाई स्लाइन चढाउन क्लिनिक लिएर जान्थे। त्यस दौरान उनले अस्पाताल पुगेका बिरामीहरू भर्नै हुन नपाइ बितिराखेको देखे।

'त्यस्ता शवहरू त्यहाँका स्टाफले बेरबार पारेर लगिहाल्थे। मलाई थाहा छैन, कोरोनाका कारण मर्नेको सूचीमा तिनको गणना गरिएको छ वा छैन', दा चुनले भने।

यता आमाको हालत झनझन् खराब हुँदै गइरहेको थियो। खोक्दा खोक्दै रगतै आउँथ्यो। पछि त पिसाबमा पनि रगत देखिन थाल्यो।

अन्तत: २९ जनवरीका दिन उनलाई अस्पताल भर्ना गरियो। भर्ना त गरियो, तर उनले उपचार भने पाइनन्। 'सुरूसुरूका केही दिन उहाँले उपचार पाउनुभएन,  अस्पतालमा साधनस्रोत केही थिएन', दा चुनले भने।

दा चुनकी आमा अहिले पनि अस्पतालमै छिन्। र, दा चुनले आशा मारिसकेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.