|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको शरीरमा आज प्रत्यारोपण गरेपछि अब चारवटा मिर्गौला रहने भएको छ। प्रधानमन्त्री ओलीको अहिले  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गरिँदैछ। 

यसअघि पनि प्रधानमन्त्री ओलीको शरीरमा २०६४ साउनमा पनि मिर्गौला प्रत्यारोपण गरिएको थियो। तर, शरीरमा रहेको मिर्गौला नफालिकन नयाँ मिर्गौला राखिएकाले प्रधानमन्त्री ओलीको शरीरमा यसअघि नै तीनवटा मिर्गौला थिए।

आज गरिने प्रत्यारोपणपछि अब उनको शरीरमा चारवटा मिर्गौला रहनेछ। मिर्गौला प्रत्यारोपण गर्दा सामान्यतयाः शरीरमा रहेको मिर्गौला नफालिकन नयाँ मिर्गौला राख्ने गरिन्छ। 

१२ बर्षअघि भारतको एपोलो अस्पतालमा प्रत्यारोपण गरिएको थियो। तर त्यतिखेर प्रत्यारोपण गरिएको मिर्गौलाले पनि काम गर्न छाडेपछि प्रधानमन्त्री ओलीको शरीरमा आज फेरि अर्को मिर्गौला राख्न लागिएको हो। पहिले प्रत्यारोपण गरिएको मिर्गौला शरीरमा जेलिएर बसेको हुने र त्यसलाई हटाउन समय लाग्ने भएकाले नयाँ प्रत्यारोपण गर्दा पुरानो मिर्गौला नफालिने चिकित्सकहरुले बताएका छन्। 

ओलीको मिर्गौला प्रत्यारोपणका लागि भारतको एपोलो अस्पतालबाट पनि चिकित्सक नेपाल आएका छन्। उनीहरुले नै १२ बर्षअघि प्रधानमन्त्री ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण गरेका थिए। 

यसअघि बुहारीबाट मिर्गौला दान लिएका प्रधानमन्त्री ओलीले यसपटक भाञ्जीको मिर्गौला आफूमा राख्न लागेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.