|

इलाम : सोयाङमा आगोले डढेर १ महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोयाङ–२ सिरिसे निवासी वर्ष ५६ की हुमादेवी अधिकारी छिन्।
घरमा सुतिरहेको अवस्थामा दियोबाट सल्केको आगोले डढेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साँझ खाना खाएर सुतेकी उनको साडीमा आगो लागेको थियो। 

एकान्त स्थानमा रहेको काठको टाढे घरमा उनी एक्लै बस्दै आएकी थिइन्। आगो लागेको उनको शरिरको दाँहिने खुट्टाको घुँडामुनीको भाग र देब्रे पैतालामात्र बाँकी रहेको प्रहरी निरिक्षक मोहन थापाले जानकारी दिए। 

सबेरै डेरीमा दुध पुर्‍याउन जाने गरेकी उनी आज १० बजेसम्म पनि दुध पुर्‍याउन नआएपछि डेरी संचालक उनलाई खोज्‍न घरमा आएका थिए। घरमा आगो लागेको देखेपछि उनले गाँउलेलाई खबर गरे।

त्यसपछि गाँउलेले मिलेर आगो नियन्‍‍त्रणमा लिएका थिए। अविवाहित उनी एक्लै घरमा बस्दै आएकी थिइन्। उनी सुतेको कोठा बाहेक घरको अन्य भागमा क्षति नभएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.