|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्न लागेकी भाञ्जी समीक्षा संग्रौला ज्ञवालीको शल्यक्रिया शुरु भएको छ। 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उनको शल्यक्रिया शुरु गरिएको चिकित्सकहरुले जानकारी दिएका छन्। 

अहिले प्रधानमन्त्रीमा मिर्गौलाको सफल प्रत्यारोपण र स्वास्थ्यलाभको कामना गर्न सरकारी अधिकारी, नेता र विद्यार्थीहरु शिक्षण अस्पताल पुगेका छन्। 

रक्षा मन्त्री इश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत, मुख्यसचिव लोकदर्शन रेग्मी, भुमी सुधारमन्त्री पद्मा अर्याल र नेकपाका महासचिव बिष्णु पौडेल लगायतका नेताहरु अस्पताल परिसरमा जम्मा भएका छन्। 

शिक्षण अस्पताल परिसरमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै विद्यार्थीहरुको समूहले नारासमेत लगाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.