|

नयाँदिल्ली :  पश्चिमी भारतीय राज्य महाराष्ट्रमा रहेको एक तेल मिलमा विषालु ग्यासका कारण कम्तीमा नौ जना कामदारको मृत्यु भएको छ। महाराष्ट्र राज्यको राजधानी मुम्बईदेखि ४७२ किलोमिटर पूर्वतर्फ पर्ने लातुर औद्यौगिक क्षेत्रमा रहेको सो तेल मिलको रसायन ट्याङ्की सफाइ गरिरहेका कामदारको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ। 

नौ जना कामदारको तेल मिलभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ। राति घटना भएपछि ट्याङ्कीबाट सात जनाको शव र मङ्गबार बिहानै थप दुई जनाको शव निकालिएको लातुर औद्यौगिक क्षेत्रका एक प्रहरी अधिकृतले मङ्गलबार जानकारी दिएका छन्।

अर्का एक जनालाई भने जीवितै उद्धार गरिएको र नजिकैको स्वास्थ्य संस्थामा उपचार गराइएको उनले जानकारी दिए। उनको विवेकानन्द अस्पतालमा उपचार भईरहेको छ,' ती प्रहरी अधिकारीले भने।  प्रहरीले घटनाका दोषी पत्ता लगाई कारबाही गर्न मुद्दा दर्ता गरेको छ। मिलका सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.