|

बाँके : नेपालबाट भारतका विभिन्न स्थानमा संचालन हुने लामो दूरीका सार्वजनिक यातायात सेवा बन्द भएको छ।

भारतको विभिन्न स्थानमा कोरोना भाइरस (कोडिभ–१९) संक्रमित व्यक्ति फेला परेपछि स्थानीय प्रशासनले नेपाल र भारतबाट संचालन हुने लामो दूरीका सार्वजनिक यातायातका साधनमा प्रतिबन्ध लगाएको हो।

गृह मन्त्रालयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई लामो दूरीका सवारी साधन संचालनमा रोक लगाउन परिपत्र गरेपछि सोहीबमोजिम भारतबाट आउने र नेपालबाट जाने सार्वजनिक यातायातका सवारी साधन सीमामै रोकिने भएका हुन्।

विश्वव्यापी रूपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमण दुवै देशमा फैलिन नदिन दुवै देशबाट संचालन लामो दूरीका सार्वजनिक सवारी साधन संचालनमा रोक लगाएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए। łनेपालका मात्र होइन, भारतबाट आउने लामो दूरीका सार्वजनिक सवारी साधन पनि नेपाल प्रवेशमा रोक लगाइएको छ,’ प्रजिअ खड्काले भने।

गृह मन्त्रालयको परिपत्रसँगै स्थानीय प्रशासनले नेपाल–भारत मैत्री बस लगायत लामो दूरीमा संचालन हुने सार्वजनिक सवारी साधनमा रोक लगाएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए। उनले मंगलबार दिउँसो १२ बजेदेखि नै नेपालबाट भारतका विभिन्न स्थानमा संचालन हुने लामो दूरीका सार्वजनिक सवारी साधन संचालनमा रोक लगाएको बताए।

गृह मन्त्रालयको निर्देशन आएलगत्तै नेपालबाट भारतका विभिन्न स्थानमा संचालन हुने सार्वजनिक सवारी साधन भारत जान र आउन नदिएको इलाका प्रहरी कार्यालय, जमुनहाका प्रमुख प्रहरी नायव निरीक्षक माधवप्रसाद रिजालले जानकारी दिए।

łगृह मन्त्रालयको निर्देशन पछि जिल्ला प्रशासनको आदेशमा भारतबाट आउने र भारत जाने लामो दूरीका सार्वजनिक सवारी साधन प्रवेश गर्न दिइएको छैन,’ रिजालले भने।

प्रमुख जिल्ला अधिकारी खड्काका अनुसार, नेपालगन्ज नाका भएर नेपालगन्ज–दिल्ली, नेपालगन्ज–हिमाञ्चल, दाङ–दिल्ली संचालन हुने लामो दूरीका सार्वजनिक सवारी साधन जान र आउन नपाउने भएका छन्।

विश्वव्यापीरूपमा कोरना भाइरस को संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले महेन्द्रनगरबाट भारतको दिल्ली–देहरादुन बस सञ्चालनमा रोक लगाएको छ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरिप्रसाद खतिवडाले नेपालमा कोरोना संक्रमण फैलिन नदिन नेपाल–भारत मैत्री सेवा बस सञ्चालनमा रोक लगाएको जानकारी दिए।

łमहेन्द्रनगरबाट दिल्ली–देहरादुन बस सञ्चालनमा रोक लगाएका छौँ, गृह मन्त्रालयको निर्देशनअनुसार बस सञ्चालनमा रोक लगाइएको हो,’ उनले भने, łहामी यताबाट बस जान दिन्नौँ ।’

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.