पर्सा : पर्साका ४ वटा स्थानीयले भने अझैसम्म क्वारेन्टाइन बनाएका छैनन्। जिल्लाका १४ स्थानीय तहमध्ये बहुदरमाई नगरपालिका, जगरनाथपुर, ठोरी र जिराभवानी गाउँपालिकाले अहिलेसम्म क्वारेन्टाइन बनाएका छैनन्। कोरोना संक्रमण नियन्त्रणका लागि बनाइएको जिल्ला कमान्ड पोस्ट पर्साका अनुसार ती स्थानीय तहमा पनि विदेशबाट आउने छन्।
बहुदरमाई नगरपालिकामा विदेशबाट आउनेको संख्या २७ छ। त्यसैगरी जगरनाथपुर गाउँपालिकामा २१, जिराभवानीपुरमा ३१ र ठोरीमा ४८ जना रहेका कमान्ड पोस्ट पर्साका सदस्य सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए। सबैभन्दा बढी वीरगन्ज महानगरपालिकाले अहिलेसम्म जम्मा १ सय वटा क्वारेन्टाइन बनाएको छ।
सबैभन्दा कम कालिकामाई गाउँपालिकाले ८ बेडको क्वारेन्टाइन बनाएको छ। विन्दवासिनीले २५, पोखरियाले २० र छिपहरमाईले १५ बेडको क्वारेन्टाइन बनाएका छन्। त्यसैगरी धोविनी, पकाहामैनपुर, पटेर्वासुगौली, सखुवा प्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिकाले १०/१० बेडको क्वारेन्टाइन बनाएका छन्। पर्सामा अहिलेसम्म कुल २ सय १८ वटा क्वारेन्टाइन बनाइएका छन्। तिनमा ३९ जना बसेका छन्। १ सय ३७ जना भने क्वारेन्टाइनमा बसेर घर फर्किसकेका जनाइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।