|

नेपालगन्ज :  प्रहरीले एक थान पेस्तोल, ३ राउण्ड गोली र एक थान म्यागेजिन सहित नेपालगञ्जमा एक युवकलाई पक्राउ गरेको छ।

भारतबाट नेपालगन्ज आउँदै गरेका नेपालगन्ज उपमहानगरपालिका–८ का १९ वर्षीय सद्धाम पठानलाई यूएसए ५४ एमएमको पेस्तोल, त्यसमा प्रयोग हुने ३ राउण्ड गोली र पेस्तोलमा प्रयोग हुने एक थान म्यागेजिनसहित पक्राउ गरेको हो।

विशेष सुराकीको आधारमा चेक जाँच गर्दा उनको साथबाट पेस्तोल फेला परेको थियो। उनले काठमाडौँमा लैजानका लागि भारतको रिसाया रोडबाट पेस्तोल खरिद गरेको बयान प्रहरी समक्ष दिएका छन्। तर, जिल्ला प्रहरी कार्यालयले यस विषयमा केहि जानकारी दिन चाहेन। ‘पक्राउ परेको बारेमा अहिले केही बोल्न मिल्दैन,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक एवम् अनुसन्धान अधिकृत वीरबहादुर थापाले भने।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.