|

काठमाडौं : नेपाली कांग्रसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा र कान जचाँउन सुझाव दिएका छन्। 

लकडाउनका कारण लामो दूरी पार गर्दै पैदलै घर हिँडेका मजदुरका समस्या सञ्चार माध्यम, सामाजिक सञ्जालमा चर्को रुपमा उठ्दा सरकारको आलोचना भएपछि प्रधानमन्त्री ओलीले ‘रहस्यपूर्ण’ भन्दै कटाक्ष गरेपछि थापाले प्रधानमन्त्रीको भनाईप्रति आपत्ति जनाएका हुन्। 

‘हप्तौँ हिँडेर घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित, तिनलाई खुवाउने नागरिक, मद्दत गर्ने स्थानीय सरकार, व्यथा बताउने पत्रकार, आदेश दिने अदालतलाई परिचालित देख्‍ने अनि तिनको पक्षमा उठेका आवाज ‘कर्कश ध्वनी’ ठान्‍ने हो भने प्रधानमन्त्रीज्यू आँखा र कान परीक्षण गराउन उपयुक्त होला,’ उनले भनेका छन्। 

हिजो बेलुका सरकारी सञ्‍चारमाध्यमलाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले प्रहरी र प्रशासनले थाहा नपाएको कुरा पत्रकारले कसरी थाहा पाए भन्दै कटाक्ष गरेका थिए। प्रधानमन्त्री ओलीको उक्त भनाइको चौतर्फी आलोचना सुरु भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.