|

काठमाडौं :  तराईका जिल्लामा कोरोना संक्रमित बढेपछि काठमाडौं प्रवेशमा कडाइ गरिएको छ।  विश्वभरि फैलिएको कोभिड–१९ संक्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ।

जसका कारण अत्यावश्यकबाहेक सवारी एक स्थानबाट अर्को स्थानमा आउन–जान रोक लगाइएको छ।  बिहीबारदेखि शुक्रबार बिहानसम्म ९३ वटा सवारीसाधन फिर्ता गरिएको थानकोट प्रहरी प्रभागका प्रहरी निरीक्षक हेमन्त थापा बताउँछन्। उनका अनुसार बुधबार ३१ वटा सवारी साधनलाई प्रवेशमा रोक लगाइएको थियो।  मंगलबार मात्र ९३ वटा पास बिनाका निजी सवारी साधनलाई फर्काइएको तथ्यांक छ।

कोरोनाको संकटबाट सुरक्षित रहन घर फर्केकाहरु पुन सुरक्षित रहन काठमाडौं फिर्ता गर्ने लहर बढेको हो। यो संख्या निरुत्साहित गर्न उपत्यका छिर्ने सिमामा कडाइ गरिएको हो।  थानकोट नाकाको निरीक्षणका लागि जिल्ला प्रमुख अधिकारी, नेपाल प्रहरी तथा गृह मन्त्रालयले स्थलगत निरीक्षण गरिरहेको छ। उपत्यकाबाट बाहिरिएर पुन: काठमाडौं प्रवेश गर्न चाहनेलाई थप कडाइ हुने नेपाल प्रहरीका प्रवक्ता नीरजबहादुर शाही बताउँछन्।

देश काठमाडौं मात्र हो?

कोरोना संक्रमणको जटिलतालाई मध्यनजर गर्दै सरकारले लकडाउन गर्‍यो। काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किनेहरू तराईमा जिल्लामा कोरोना त्रास बढेपछि काठमाडौं फर्कन अनेक बहाना गरी आउने गरेको  प्रहरी प्रवक्ता शाही बताउँछन्। काठमाडौं उपत्यका छिर्ने  नाका कडाइ गरेपछि यात्रु फर्किन बाध्य भएका छन्।

गृह मन्त्रालयले देशका प्रत्येक जिल्ला प्रमुखलाई कोरोनाको जोखिम न्यूनीकरण गर्न गम्भीर भएर लाग्ने निर्देशन गरिरहँदा अधिकांश जिल्ला प्रमुखले मन्त्रालयको निर्देशनलाई बेवास्ता गरेको प्रमाण हुन् नाकाबाट फर्काइएका यात्रुहरू।

स्थानीय तहहरूले यात्रुलाई यात्रा अनुमति दिँदा थप अप्ट्यारो पर्न गएको हो। यात्रुहरुले लामो दूरी सहजै कसरी यात्रा गरेर नाका आइपुग्छन त? प्रवक्ता शाही भन्छन्, 'यात्रुहरूले अनेक बहाना बनाएर प्रहरीलाई भ्रमित पारिदिनुहुन्छ। जसले गर्दा नाकासम्म आइपुग्नुहुन्छ।'

देशमा विभिन्न जिल्लाबाट आएका व्यक्तिलाई उनीहरूको जिल्लामा नै रोक्न प्रहरी पनि असमर्थ छ। जिल्लामा कडाई नगरेपश्चात्  नाका मात्र  कडाई गर्दा  यात्रुलाई फिर्ता हुन बाध्य छन्। हरेक जिल्लामा कडाई नगरिदिदाँ यस्तो अवस्था आएको हो। यसको न्यूनिकरण कसरी हुने हुन्छ त? प्रवक्ता शाही भन्छन्,  'आइजी साहेबको निर्देशनमा हामीले बिहीबार सबै क्षेत्रमा सर्कुलर गरिसकेका छौं। अब निश्चित मापदण्डविपरित यात्रा गर्ने कुनै पनि यात्रुलाई आफ्नै जिल्लामा रोक्नेछौं।'

एम्बुलेन्स, अत्यावश्यक खाध्यानका सामग्रीमा अनेक बहाना गरेर आउने यात्रूहरूलाई घरमा नै बसिदिन शाही आग्रह गर्छन्।

शर्तसहित खुकुलो

सरकारले शर्तसहित अत्यावश्यक क्षेत्रका लागि लकडाउन केही खुकुलो बनाएपछि नाकामा यात्रुको चाप बढी हुँदै गएको छ। बुधबार मन्त्रिपरिषद्को बैठकले शर्तसहित औषधिजन्य वस्तुको उत्पादन, विक्री वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्री वितरण, निर्माणजन्य सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र विक्री गर्न पाउने निर्णय गरेको थियो। 

स्वास्थ्य सेवाका क्षेत्रहरु, पशुजन्य र पाठ्यपुस्तक विक्री गर्ने पसल तथा ढुवानी गर्ने सवारी जनक शिक्षा सामग्रीबाट अनुमति लिएर चलाउन पाउने निर्णय सरकारले गरिसकेको छ। उद्योग प्रतिष्ठान, विकास निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न पाउने निर्णय पनि सरकारले गरेको छ।

यस्तै राष्ट्रिय गौरवका आयोजनाहरु सञ्चालन गर्ने, जलविद्युत, खानेपानी, विमानस्थल निर्माणका काम सुचारु गर्न दिने निर्णय पनि सरकारले गरेको छ। त्यसका लागि सम्बन्धित निर्माण कम्पनीले दैनिक श्रमिकहरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने, एकै ठाउँमा बास बस्ने व्यवस्था मिलाउने सर्त राखेको छ।

यात्रुमध्ये कतिपय सरकारले तोकेको उद्योगमा पनि काम गर्ने हुन सक्नेतर्फ पनि सोचेर वहाना र वास्तविकता बुझेर मात्र प्रवेश गराउने छौं', शाहीले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.