काठमाडौं ः जापानकी महिला रेस्लर खेलाडी हाना किमुराको निधन भएको छ। बाइस वर्षीया किमुरा जापानको चर्चित नेटफ्लिक्स ‘रियलिटी शो’ टेरेस हाउसको एक चर्चित पात्रको रुपमा अभिनय गरेकी टन्। तीनजना पुरुष र किमुरासहित तीन महिला सम्मिलित उक्त शो कोरोनाभाइरस सङ्क्रमणको जोखिमका बीच केही दिनअघि मात्रै स्थगित गरिएको थियो।
किमुरा आबद्ध संगठन स्टारडम रेस्लिङले किमुराको निधनको पुष्टि गर्दै प्रशंसकलाई आदरपूर्वक प्रस्तुत हुन आग्रह गरेको छ। उनको मृत्युको कारण भने अझै स्पष्ट भइसकेको छैन् । मृत्यु हुनुभन्दा केही अघि मात्रै किमुराले सामाजिक सञ्जालमा आफूमाथि श्रृङ्खलाबद्ध रुपमा आक्रमण भएको उल्लेख गरेकी थिइन।
बिरालोसँगै फोटो अपलोड गरी उनले आफ्नो पछिल्लो अवस्थाबारे जानकारी गराउन सामाजिक सञ्जाल इन्स्टाग्राममा शुक्रबार साँझ ‘गुडबाई’ लेखेकी थिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।