|

दमक : विद्यार्थीहरुले गरेको आक्रमणको विरोधमा यातायात मजदुरले पूर्व–पश्चिम  राजमार्ग अन्तर्गत आज झापाको दमकमा एक घण्टा चक्का जाम गरेका छन्। यसअघि दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरुले हिजोमात्रै तीन वटा गाडी तोडफोड गर्नुका साथै मे १ च ३९५१ नम्बरको मिनि ट्रकका चालक लखनपुर १ का कृष्ण न्यौपानेलाई आक्रमण गरेका थिए। आक्रमणबाट न्यौपानेको दाँया खुट्टा भाँचिएको छ।

उनको धरानस्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ। आक्रमणमा संलग्नलाई प्रहरीले कारबाही नगरेको र घाइतेको उपचार खर्च नगरेको भन्दै यातायात मजदुरले दिउँसो ४ बजे देखि ५  बजेसम्म राजमार्ग अवरोध गरेका हुन्। उनीहरुले राजमार्गमा गाडी तेस्र्याएर विरोध जनाएका थिए। 

घाइतेको उपचार र क्षति भएको सवारीको मर्मत गरिदिनुपर्ने आफ्नो माग रहेको यातायात मजदुर नेता विश्वास कास्यले बताए। प्रहरीको लामो प्रयासपछि एक घण्टामा अवरुद्ध सडक खुलेको थियो । बिरामीको औषधि उपचारमा सहयोग गर्न विद्यार्थी र अविभावकले प्रतिबद्धता जनाएपछि अवरुद्ध सडक खुलेको इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले बताए।

 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.