|

सल्यान :  बाँकेको अगैया नजिकै जंगलमा भएको गाडी दुर्घटनाका घाइते सबैको जनाको परिचय खुलेको छ।

बाँके प्रहरीका अनुसार घाइते मध्ये सल्यानका धेरै छन्। घाइते हुनेमा सल्यान जिल्लाका शारदा नगरपालिका ६ का टीका चलाउने, बनगाड कुपिण्डे नगरपालिकाका मिनराज बिक, सिद्धकुमाख गाउँपालिका–५ का तेज ब. बुढाथोकी, निमबहादुर बादी, देबेन्द्र बुढाथोकी, ज्ञान बहादुर बोहरा र र धनबहादुर बोहरा रहेको रहेको बाँके प्रहरीले जनाएको छ। 

सिद्धकुमाख ४ का लोकेश घर्ती, सल्यानकै दिपबहादुर  बुढा,  शिव भण्डारी, यस्तै दाङका मेघराज केसी, दाङ तुल्सीपुरका विष्णु गिरी र रुपलाल केसी, दाङको राजपुर गाउँपालिका ६ का दिपेश चौधरी, सोही गाउँपालिका वडा २ का जीवन घर्ती र भरत थापा रहेका छन्।

यस्तै  रोल्पाको त्रिबेणी गाउँपालिकाका ७ का सुनिल परियार, वीरेन्द्र परियार, पुरन परियार, छन्।  रोल्पाका नर बहादुर बिक, दिलबहादुर. बिक रहेको भेरी अस्पतालले जनाएको छ। घाइते सबैको बाँकेको कोहलपुरमा रहेको भेरी अस्पतालमा उपचार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.