सबै अस्पताललाई २० प्रतिशत बेड छुट्याउन निर्देशन

|

काठमाडौं : सरकारले कोरोना संक्रमणको तेस्रो, चौथो लहर आउन सक्ने र त्यसमा बालबालिका सबैभन्दा बढी जोखिममा रहने भन्दै विशेष तयारी गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ। 

‘पहिलो र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ र युवाहरु संक्रमित भएको हुँदा व्यवस्थापन सम्बन्धी तयारी प्रौढ र युवा लक्षित मात्र हुन पुगेको छ', स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै निर्देशन दिएको छ, ‘दोस्रो लहरजस्तै पुनः तेस्रो, चौथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शैयाको कम्तिमा २० प्रतिशत शैया कोभिड –१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुनेगरी तयारी अवस्थामा राख्न अनुरोध छ।' 

मन्त्रालयले अक्सिजनको पनि व्यवस्थापन गर्न निर्देशन दिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.