|

सल्यान : मौसममा आएको परिवर्तनसँगै सल्यानमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन्। केही साता यता मौसमी भाइरल ज्वरोका बिरामी बढेको सल्यान जिल्ला अस्पताले जनाएको छ। जिल्ला अस्पताल, स्वास्थ्य चौकी लगायत निजी अस्पतालहरुमा बिरामीको चाप बढ्दै जान थालेको छ।

पहिलेभन्दा अहिले बिरामीको संख्या बढेको सल्यान जिल्ला अस्पतालका डा. एन्जिला श्रेष्ठले बताइन्। अहिले दैनिक २० देखि २५ जनासम्म रुघाखोकी तथा ज्वरोका बिरामी आउने गरेको उनले जानकारी दिइन्। मौसममा आएको परिवर्तनसँगै बालबालिकादेखि वयस्कसम्म भाइरल देखिएको उनले बताइन्। जिल्ला अस्पतालमा शुक्रवारबाहेक दैनिक १५० देखि २०० जनासम्म बिरामी आउने गरेका छन्।

ज्वरो आउने बित्तिकै आत्तिने भन्दा पनि बालबालिकालाई हेरचाह गर्न डा. श्रेष्ठको सुझाव छ। भाइरल ज्वरोबाट बच्न पानी उमालेर खान, समूहमा हिँड्डुल नगर्ने, आराम गर्न, झोलिलो पदार्थ बढी खान उनले सुझाइन्। रुघाखोकी ज्वरो आएमा स्वास्थ्य संस्थामा ल्याउन र उपचारमा ध्यान दिन डा. श्रेष्ठले आग्रह गरिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.