|

जाजरकोट : नेकपा एमाले भेरी नगरकमिटीले जाजरकोटकाे भेरी नगरपालिकाको उम्मेदवारको टुंगो लगाएको छ।

सत्ता गठबन्धन दलहरुले उम्मेदवारको टुंगो लगाउन हम्मे हम्मे परेको बेला नेकपा एमालेले भेरी नगरपालिकाको उम्मेदवार टुंगो लगाएको हो।

हाल नगरप्रमुख रहेका चन्द्रप्रकाश घर्तीलाइ सर्वसहमत फेरि पनि उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमाले जाजरकोटका अध्यक्ष खिमबहादुर शाहीले जानकारी दिए।

सत्ता गठबन्धन दलहरु कसले, के कति, लिने भन्ने विषयमा छलफल जारी राखे पनि निष्कर्षमा पुगिनसकेको नेकपा ( माओवादी केन्द्र) कर्णाली प्रदेश उपाध्यक्ष ढकबीर रानाले बताए।

जाजरकोटका ७ वटा स्थानीय तह रहेका छन्। भेरीमा कांग्रेस, माओवादी र एसको दावी रहेको छ।

पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतको पालिका भएकै कारण सबैको आँखा भेरीमै गएको छ।

सत्तारुढ दलहरु प्रचारप्रसारमा समेत सुस्त देखिएका छन्। नेकपा एमालेले भने छलफललाई समेत तीव्रता दिएको छ।

सुरुमा आरोप, प्रति आरोपमा उत्रिएका माओवादी र कांग्रेस अहिले वाक युद्ध छोडेर भागबण्डा र टिकट कसले पाउने भन्ने विषयमा व्यापक छलफलमा रहेका छन्।

केन्द्रीय स्तरमा नेताहरुको घर दैलोमा धाउन समेत थालेका छन्।

माओवादीले चार स्थानीय तहमा दावी गरेको छ भने कांग्रेसले समेत त्यही संख्या मागेको छ। एकीकृत समाजवादीले भने  दुई पालिकामा आफ्नो उम्मेदवारी हुनुपर्ने माग राखेको छ।

२०७४ सालको मत भार अनुसार माओवादीले २, कांग्रेसले २ स्थानीय तह जितेका थिए।

नेकपा एमालेले दुइ नगरपालिका सहित एक गाउँपालिकामा जीत हात पारेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.